एनएमबि बैंकले गर्यो आईएमएससँग सम्झौता, शुन्य प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने उद्देश्य

 NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक र आईएमएसबीच सम्झौता भएको छ । बैंकले मोबाईल फोन खरीदमा शुन्य प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने विषयमा उक्त सम्झौता भएको हो ।

एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स एण्ड अपरेशन नारायण प्रसाद भुषालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

अब एनएमबिका ग्राहकहरुले स्यामसङ्ग मोबाईलको आधिकारीक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य सामानहरुको खरीदमा ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत ९ महिनासम्मको सरल किस्तामा समान खरीद गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले देशभरी रहेको १ सय ८६ वटा शाखाहरु, १ सय ३५ वटा एटीएम र ६ विस्तारित काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिदैँ आइरहेको छ ।

प्रतिकृया दिनुहोस्