एनएमबि बैंकले गर्‍यो मादमे खोला जलविद्युत आयोजनामा ३ अर्ब लगानी, मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गर्ने

 NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले मादमे खोला जलविद्युत आयोजनामा लगानी गरेको छ । बैंकले कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजनामा ३ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको हो । बैंकले २४ मेघावाट क्षमता भएको उक्त जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । बैंकले यस आयोजनासँगै ४२ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

सह–वित्तीयकरणमा भने कर्मचारी सञ्चय कोष, एनआईसी एशिया बैंक र प्रभु बैंक सहभागी रहेका छन् । एनएमबि बैंक अगुवा रहेको उक्त जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । बैंकले हालसम्म नेपालभर १ सय ६९ वटा शाखाहरु, १ सय ३३ वटा एटिएम र ५ एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिदै आएको छ ।

प्रतिकृया दिनुहोस्