नबिल बैंकको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १५.८६ प्रतिशतले घट्यो खुद नाफा

 Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चौथो त्रैमासमा गरेको ३ अर्ब ५६ करोड ६६ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकको अघिल्लो वर्ष भन्दा यस वर्ष १५.८६ प्रतिशतले खुद नाफा घटेको छ । अघिल्लो वर्ष बैंकले यसै अवधिमा ४ अर्ब २३ करोड ८८ लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 

बैंकको वितरण योग्य नाफा पनि १८.५६ प्रतिशतले घटेर ३ अर्ब ४ करोड २२ लाख ३७ हजार रुपैयाँमा कायम भएको छ । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी १.९४ प्रतिशत र सञ्चालन नाफा १५.४८ प्रतिशतले घटेको छ । 

बैंकको अघिल्लो वर्षको भन्दा यस वर्ष खराब कर्जा ०.२३ प्रतिशतले बढेर ०.९७ प्रतिशतमा पुगेको छ । यस्तै, प्रतिसेयर आम्दानी भने १० रुपैयाँ ४१ पैसाले घटेर ३७ रुपैयाँ २४ पैसामा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २ सय ५५ रुपैयाँ ५२ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्