नेपाल बंगलादेश बैंकले गर्यो नेपाली राजदूत डा.बंशिधर मिश्रालाई जीवनरक्षक औषधि हस्तान्तरण

 Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बंगलादेश बैंकले ५ हजार जीवनरक्षक औषधि नेपाललाई हस्तान्तरण गरेको छ । बैंकले उक्त औषधि नेपाली राजदूत डा. बंशिधर मिश्रालाई हस्तान्तरण गरेको हो । बैंकले २ करोड २५ लाख रुपैयाँ बराबरको जीवनरक्षक औषधि हस्तान्तरण गरेको छ । कोभिड १९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकको संयुक्त लगानीको बैंक आईएफआईसी बैंक, बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल, बंगलादेशको संयुक्त पहलमा ती औषधिहरु सहयोग गरिएको हो । उक्त औषधि अबको एक–दुई दिनभित्रमा नेपाल आइसक्ने र सर्वसाधारणको जीवन रक्षामा प्रयोग हुने बैंकले जनाएको छ ।

नेपाल बंगलादेश बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा १ करोड ४५ लाख रूपैयाँ प्रदान गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्