राष्ट्र बैंकबाट क्यासिनो सञ्चालकले विदेशी मुद्रा कारोबार गर्नको लागि लाइसेन्स लिनुपर्ने

 Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्र बैंकबाट क्यासिनो सञ्चालकले विदेशी मुद्रा कारोबार गर्नको लागि लाइसेन्स लिनुपर्ने भएको छ । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मार्फत उक्त व्यवस्था गरेको हो । 

विनियमावली अनुसार विदेशी मुद्रा कारोबार गर्न चाहने क्यासिनोले प्रतिकारोबार स्थानका लागि २५ लाख रुपैयाँ बराबरको धरौटी राख्नुपर्ने भएको छ । धरौटी अवधि २ वर्षको लागि हुनेछ । त्यस्तै, इजाजतपत्र शुल्क बापत १ लाख रुपैयाँ केन्द्रीय बैंकलाई तिर्नुपर्नेछ ।

उपकरणका माध्यमबाट खेलाइने खेलको हकमा भने प्रतिकारोबार स्थानका लागि १० लाख रुपैयाँ बैंक धरौटी बुझाउनुपर्नेछ भने इजाजतपत्र शुल्क बापत ५० हजार रुपैयाँ राष्ट्र बैंकमा बुझाउनुपर्नेछ । यसरी लिइएको इजाजतपत्र २ वर्ष नपुग्दै शुल्क बुझाएर नवीरकरण गरिसक्नु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्