एसबिआई बैंकमा कार्यरत १ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंकको शाखा सिल

 Nepal SBI Bank
  • बैंकिङ संसार
रुपन्देही । एसबिआई बैंकमा कार्यरत १ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको रुपन्देही शाखामा कार्यरत १२ जना कर्मचारीहरुमा एकैदिन कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरुको आईसोलेसनमा उपचार भईरहेको छ ।

त्यस्तै, बाँकी सबै कर्मचारीहरुलाई आइसोलेसनमा पठाईएको छ भने बिरामीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । बिरामीको स्वास्थ्यअवस्था भने अहिले  सामान्य रहेको छ । 

२६ गते समुदाय स्तरमा २ सय ३५ जनाको पिसिआर परिक्षण गराउँदा एसबीआइ बैंकका १ जना कर्मचारीमा संक्रमण भेटिएको थियो । त्यसपछि बैंकका सबै कर्मचारीहरुकोको पीसीआर परीक्षण गराउँदा १२ जनामा कोरोना संक्रमण भेटिएको हो । कर्मचारीमा कोरोना स्रक्रमण भएपछि बैंकको भैरहवा रहेको शाखा बन्द गरिएको छ ।

प्रतिकृया दिनुहोस्