एनआईसी एशिया बैंकले ल्यायो ‘डिजिटल ग्राहक सहायता केन्द्र’, ग्राहकको आवश्यकतालाई संबोधन गर्ने उद्देश्य

 Nic Asia Bank
  • बैंकिङ संसार 
काठमाडौं । एनआईसी एशिया बैंकले ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको छ । बैंकले ग्राहकको बैंकिङ आवश्यकतालाई संबोधन गर्ने उद्देश्यले उक्त केन्द्रको व्यवस्था गरेको हो । बैंकले उक्त सहायता केन्द्रमार्फत आफ्नो सेवा सम्बन्धी जानकारी दिन, ग्राहकहरूको गुनासो सुन्न तथा ग्राहकहरूको बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने जस्ता कार्य हुने व्यवस्था गरेको छ । 

ग्राहकहरूलाई बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहकले सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, हेल्प टाइप गरी ३४४८८ मा एसएमएस गर्न सक्नेछन् । फेसबुकबाट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८५११०४१६९ मा सम्पर्क गर्न समेत अनुरोध बैंकले गरेको छ ।

केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या समाधान नहुने र समय धेरै लाग्ने भएकोले बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैंकको सबै कर्मचारीसहितको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको छ । प्रादेशिक तथा उपप्रादेशिक तहको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को विवरण भने बैंकले आफ्नै वेबसाइटमा राखेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्