एसबिआई बैंक र सोल्टी क्राउन प्लाजाबीच सम्झौता, बैंकका ग्राहकलाई होटलको सेवामा १० प्रतिशत छुट

 SBI Bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल एसबिआई बैंक र सोल्टी क्राउन प्लाजाबीच सम्झौता भएको छ । उक्त सम्झौता बैंकका ग्राहकहरुले विशेष छुट पाउने सम्बन्धि भएको हो । बैंकका ग्राहकहरुले काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको सोल्टी वेस्टेड प्रिमियरमा विशेष छुट पाउने भएका छन् । 

बैंकका सेवाग्राहीहरुले कार्डमार्फत होटलको बिल भुक्तान गरेमा १० प्रतिशत छुट पाउने भएका हुन् । त्यस्तै, पिए पदार्थमा पनि विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । 

एसबिआई बैंकका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागरले र सोल्टी इन्टरप्राइजेजका तर्फबाट भाइस पे्रसिडेन्ट सुदर्शन चापागाईले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको हुन् ।

प्रतिकृया दिनुहोस्