सिद्धार्थ बैंकले ऋणपत्र निष्कासन गर्नको लागि सेबोनमा गर्‍यो आवेदन पेश, ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुल्ला गर्ने

 Siddhartha Bank
  • बैंकिङ संसार 
काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन पेश गरेको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गर्नको लागि साउन १८ गते बोर्डमा आवेदन दिएको हो । 

बैंकले जम्मा ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । उक्त ऋणपत्रमध्ये १२ लाख कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन पाउने र १८ लाख कित्ता ऋणपत्रमा व्यक्तिगत तवरबाट आवेदन दिन सक्ने भएको छ । 

बैंकले ८.५ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधि सम्मका लागि उक्त ऋणपत्र बिक्री खुल्ला गर्न लागेको हो । यस ऋणपत्र ‘८.५% एसबिएल डिबेन्चर २०८४’ नाममा जारी हुने भएको छ । उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड हुने भएको छ ।

प्रतिकृया दिनुहोस्