आशा लघुवित्तद्धारा सेयरधनीहरुका लागि लाभांश घोषणा

Asha Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीले सेयरधनीहरुलाई १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांशसहित १५.७८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद दुलालले जनाएका छन् । 

कम्पनीले घोषणा गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनी सचिवले बताएका छन् । कम्पनीको हाल कायम चुक्ता पूँजी २३ करोड २२ लाख ८८ हजार रुपियाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्