अब मोबाइल प्रयोग गरेरै एटिएमबाट नगद पैसा झिक्न सकिने, ६ महिना भित्रै प्रयोगमा आउने

Atm
  • बैंकिङ संसार
काठमाडौं । अब मोबाइल प्रयोग गरेरै एटिएमबाट नगद पैसा झिक्न सकिने योजना ल्याउने भएको छ । बैंकहरुले महामारीलाई ध्यानमा राखेर मोबाइल एप्समार्फत नै एटिएम प्रयोग गर्ने प्रविधि ल्याउने भएको हो । छुँदासमेत संक्रमण हुन सक्ने कोभिड–१९ जस्तो महामारीको जोखिमबाट बच्न यस्तो प्रविधि बैंकले ल्याउने भएको हो ।

उक्त योजनाअनुसार बैंकका ग्राहकहरुले मोबाइलमा रहेको क्युआर कोडको प्रयोग गरेर एटिएम बुथबाट नगद झिक्न सकिने भएको छ । एटिएम मेसिन नफेरी सफ्टवेयर मात्र विकास गररे उक्त सुविधा दिन सकिने सानिमा बैंकका आइटी विभाग प्रमुख विक्रम श्रेष्ठले बताएका छन् । त्यस्तै अहिले यस योजनामा नै काम गरिरहेको र ५/६ महिनामा नै प्रयोगमा ल्याउनेसमेत जानकारी दिएका छन्  ।

यसैगरी १८ वटा वाणिज्य बैंक र विकास बैंकहरूका लागि एटिएममा कार्ड स्विचिङ सेवा दिइरहेको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सर्भिस (नेप्स) ले पनि सोही प्रणालीको विकास गर्ने तयारी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्