बैंक अफ काठमाण्डूको ३ लाख कित्ता संस्थापक समूहको सेयरको प्रारम्भिक बाँडफाँड

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक समूहको सेयरको प्रारम्भिक बाँडफाँड गरेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समुहको सेयरको प्रारम्भिक बाँडफाँड गरेको हो । 

बैंकका संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख १६ हजार १ सय ५६ कित्ता संस्थापक सेयरहरु साउन २६ गते शिलबन्दी बोलपत्रद्वारा खरिद गर्न आह्वान गरिएको थियो । सोही अवधिभित्र प्राप्त बोलपत्र खोलि हिजो असोज १३ गते मंगलबार प्रचलित कानून बमोजिम प्रारम्भिक बाँडफाँड गरिएको हो ।

बैंकले एक सूचना प्रकाशन गर्दै प्रारभिक बाँडफाँडमा परेका आवेदकहरुको बैंकबाट स्वीकृति प्राप्त भए पश्चात मात्र अन्तिम बाँडफाँड भई खरिद बिक्री कार्य अगाडी बढाइने जानाकारी दिएको छ ।

साथै प्रारभिक बाँडफाँडमा नपरेका सेयर वापतको रकम फिर्ता भुक्तानी असोज १४ गते बुधबारदेखि आवेदकको आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा IPS मार्फत रकमान्तर गरिने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्