बैंक अफ काठमाण्डूको संस्थापक समूहको सेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गतेबाट लिलामीमार्फत संस्थापक समूहको सेयर बिक्री खुल्ला गरेको थियो । सोही संस्थापक समूहको सेयर भर्ने म्याद आईतबार अन्तिम दिन रहेको छ ।

बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्काशन (तेस्रो संशोधन) नियमावली २०७६ मा भएको व्यवस्था अनुसार संस्थापक समूहको सेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको हो । 

बैंकले ३ लाख १६ हजार १ सय ५६ कित्ता संस्थापक समूहको सेयर बिक्री खुल्ला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको हुदाँ सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त लिलामी सेयरमा खरिद गर्न इच्छुक संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति तथा संगठित संस्थाले आइतबार असोज ४ गते सम्म मात्र आवेदन दिन सक्नेछन् । बैंकले सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकत्तम ३ लाख १६ हजार १ सय ५६ कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । 

लिलामी सेयरमा प्राप्त शिलबन्दी बोलपत्रहरु असोज ५ गत सोमबार १०ः३० बजे बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा खुल्ने पनि बैंकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्