नेपाल स्टक एक्सचेन्जले सोध्यो सिभिल बैंकलाई स्पष्टिकरण

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंकलाई नेपाल स्टक एक्सचेन्जले स्पष्टिकरण सोधेको छ । नेप्सेले सिभिल बैंक र हिमालयन बैंक मर्जमा जाने भन्ने विषयमा सिभिल बैंकलाई स्पष्टिकरण सोधेको हो । 

नेप्सेले विभिन्न संचार माध्यममा हिमालयन बैंक र सिभिल बैंकको मर्जरको विषयमा समाचार प्रकाशन भएको तर ति विषय नेप्सेलाई जानकारी नगराएको भन्दै बैंकसँग लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।

नेप्सेले भदौ ६ गते बजार खुल्नु भन्दा अगाडी नै लिखित जवाफ पठाउन बैंकलाई निर्देशन दिएको थियो । नेप्सेले सेयर मूल्यमा प्रभाव पार्ने जानकारी तुरुन्त धितोपत्र बजार गराउनु पर्ने व्यवस्था रहेकोले यी बिषयमा किन जानकारी नगराएको भन्दै स्पष्टिकरण मागेको हो ।

प्रतिकृया दिनुहोस्