सिभिल लघुवित्तको ११ लाख कित्ता हकप्रद सेयर भर्न अब ३ दिन मात्र बाँकी

 CIVIL LAGHUBITTA
  • बैंकिङ संसार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना लगानीकर्ताहरुका लागि लाई साउन २५ गतेबाट शतप्रतिशत हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । सोही शतप्रतिशत हकप्रद सेयर खरिद अब ३ दिन मात्र बाँकी रहेको हो । हकप्रद सेयर खरिदका लागि भदौ २९ गतेसम्म मात्र दरखास्त बुझाउन सकिनेछ । 

लघुवित्तले एक सूचना जारी गर्दै दरखास्त बुझाउन बाँकी रहेका सेयरधनिहरुलाई हकप्रद सेयर खरिदका लागि दरखास्त दिन अनुरोध गरेको छ । कम्पनीले हाल चुक्ता पूँजीको १ः१ अनुपातमा प्रति सेयर १०० रूपैयाँ अंकित गरी ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

लघुवित्तले असार १५ गते सोमबार हकप्रद सेयर निष्कासन प्रयोजनको लागि बुक क्लोज गरेको थियो । जसकारण असार १४ गते आइतबारसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

प्रतिकृया दिनुहोस्