ग्लोबल आइएमई बैंकको पुनरकर्जाको लागि आवेदन दिने म्याद थपियो

 Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिने म्याद थप गरेको छ । बैंकले पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य ऋणीहरुलाई आवेदन दिन म्याद थप गरेको हो । ऋणीहरुले आवेदन दिनको लागि सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न ऋणीहरुलाई आवेदन दिन म्याद थप गरेको हो । 

ग्राहकहरुले नजिकै रहेको बैंकको शाखाबाट आवश्यक कागजातहरुसहित आवेदन दिन सक्नेछन् । ग्राहकहरुले यसअघि भदौ २६ गतेसम्म मात्र आवेदन दिन पाउने भएका थिए । अब भने आश्विन ५ गतेसम्म आवेदन दिन पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्