ग्लोबल आइएमई समुन्नत योजना-१ को नगद लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन

Global IME Capital
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना-१ को नगद लाभांश सुरक्षित गर्ने असोज ८ गते बिहीबार अन्तिम दिन रहेको छ । 

यस योजनाले नगद लाभांश वितरण गर्नको लागि बुक क्लोज गर्ने भएको छ । बुक क्लोज भने शुक्रबार असोज ९ गते एक दिनका लागि गर्ने भएको हो । यस्तै आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

उक्त योजनाले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने भएको छ । सेयरधनीहरुले कर सहित ४ प्रतिशतका दरले हुन आउने ४ करोड रूपैयाँ बराबरको नगद लाभांश पाउने भएका हुन् ।

प्रतिकृया दिनुहोस्