ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन ज्योति विकास बैंकको आग्रह

 Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । ऋणीहरुले आवेदन दिनको लागि सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने आग्रह पनि बैंकले गरेको छ । 

बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । 

ग्राहकहरुले नजिकै रहेको बैंकको शाखाबाट आवश्यक कागजातहरुसहित आवेदन दिन सक्नेछन् । आवेदन भने ग्राहकहरुले आश्विन ५ गतेसम्म मात्र दिन पाउनेछन् ।

प्रतिकृया दिनुहोस्