लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रि गर्दै, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

 Lumbini Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रि गर्ने भएको छ । बैंकले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएको हो । बैंकका विभिन्न संस्थापकहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएकोले बैंकले ति संस्थापक सेयर बिक्रि गर्न लागेको हो ।

बैंकले उक्त संस्थापक सेयरमा बैंकका अन्य संस्थापक सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको हो । बैंकका संस्थापक  सेयरधनीहरुले नकिने मात्र सर्वसाधारण लगानीकर्ताले उक्त संस्थापक सेयर किन्न पाउनेछन् । 

ईच्छुक तथा योग्य संस्थापक लगानीकर्तालाई यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र निवेदन दिन बैंकले आग्रह गरेको छ । बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आफूले किन्न चाहेको सेयर कित्ता खुलाएर आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्