मेगा बैंकको १८ लाख कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री खुल्ला हुदैँ, कहाँ-कहाँबाट दिन पाईन्छ आवेदन ?

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले हकप्रद सेयर लिलामीमार्फत बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १८ लाख ४० हजार ७ सय ३८ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री खुल्ला गर्ने भएको हो । 

कम्पनीले एक सूचना जारी गर्दै संस्थापक तथा साधारण समूहको गरी सो मात्राको अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री खुल्ला गर्न लागेको जानकारी दिएको हो । जसमध्ये ११ लाख ३३ हजार ३ सय ४४ कित्ता सेयर संस्थापक समूह तर्फको रहेको छ । ७ लाख ७ हजार ३ सय ९४ कित्ता सेयर सर्वसाधारण समूह तर्फको रहेको छ ।

बैंकले २०७४ साल भदौ २७ गतेदेखि २०७४ साल कात्तिक १४ गतेसम्म संस्थापक तथा साधारण सेयरधनीहरुका लागि हकप्रद सेयर निष्कासन गरेको थियो । सोही सेयरमध्ये बिक्रि नभएको १८ लाख ४० हजार ७ सय ३८ कित्ता सेयर लिलामार्फत बढाबढ गरी बिक्री गर्न लागिएको हो ।

बैंकको उक्त सेयर खरिद गर्न चाहने लगानीकर्ताहरुले आगामी असोज ११ गतेदेखि असोज १८ गतेभित्र आवेदन दिन सक्नेछन् । बैंकले सेयरको न्युनतम मूल्य १०० सय रुपैयाँ तोकेको छ । उक्त सेयर खरिद गर्न इच्छुक तथा योग्य व्यक्ति तथा संघ संस्थाले सो वा सो भन्दा बढी मूल्यम अंकित गरी बोलकबोल गर्न सक्नेछन् । सेयर खरिदका लागि बोलकबोल पेश गर्दा लगानीकर्ताहरुले न्युनतम १०० कित्ता र अधिकतम एक लाख कित्तासम्मको आवेदन दिन पाउने भएका छन् ।

उपत्यकाभित्र मेगा बैंकको कमलादीस्थित मुख्य कार्यालय, नयाँ बानेश्वर चोक, ठमेल, न्यूरोड, ज्ञानेश्वर, चावहिल, बौद्ध, कलंकी, गोंगबु, महाराजगञ्ज, मैतीदेवी, जावलाखेल, पुरानो ठिमी र सूर्यविनायक शाखाबाट सर्वसाधारणहरुले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी काठमाडौं उपत्यकाबाहिर धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, तुल्सीपुर, भैरहवा, बुटवल, अर्घाखाँची, तम्घास, तानसेन, नारायणगढ, पोखराको सभागृह चोक र चिप्लेढुंगा, हेटौंडा, वीरगञ्ज, सिन्धुली, जनकपुर, धरान, विराटनगर र विर्तामोड शाखाबाट सेयर खरिदका लागि आवेदन दिन सकिेने बैैंकले जनाएको छ ।

यस्तै अनलाइनबाट फारम लिई सेयर आवेदन गर्न इच्छुक आवेदनकर्ताहरुले मेगा बैंक वा मेगा क्यापिटल मार्केटस लिमिटेडबाट छाप प्रमाणित गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । 

प्रतिकृया दिनुहोस्