नबिल बैंक लिमिटेडले मंगलबार देशभर ९४ शाखामार्फत ग्राहकहरुलाई सेवा दिने

 Nabil Bank
  • बैंकिङ संसार 
काठमाडौं । नबिल बैंक लिमिटेडले निषेधाज्ञाको अवधिमा पनि आफ्ना देशभर रहेको विभिन्न शाखाहरुमार्फत सेवा दिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकारले लिएको निर्णयलाई पालना गर्दै देशभर रहेका आफ्ना शाखामार्फत आलोपालो प्रणालीबाट सेवा दिने भएको हो । 

बैंकले देशभर रहेको शाखाहरुमध्ये ९४ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । बैंकले प्रदेश न.१ मा १७ वटा बैंकको शाखाबाट सेवा दिने भएको छ । त्यसैगरी प्रदेश न. २ मा ९ वटा विस्तारित काउन्टरबाट सेवा दिने भएको छ भने वाग्मती प्रदेशबाट २५ वटा बैंकको शाखाबाट सेवा दिने भएको छ । 

त्यस्तै गण्डकी प्रदेशमा १३ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । यस्तै, प्रदेश न.५ मा १३ वटा बैंक शाखाबाट सेवा दिने भएको छ भने कर्णाली प्रदेशबाट ६ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । त्यस्तै, सुदुरपश्चिम प्रदेशबाट ११ वटा बैंकको शाखाबाट सेवा दिने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्