नेपाल इन्भेष्टमेन्ट बैंकमा सिटी एक्सप्रेस फाइनान्स कम्पनी गाभिने, स्वाप रेसियो कति ?

 Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकमा सिटी एक्सप्रेस फाइनान्स कम्पनी गाभिने भएको छ । बैंकको भदौ १७ गते बुधबार बसेको संचालक समितिको बैठकले फाइनान्सलाई गाभ्नको लागि सम्झौता गरेको हो । 

बैंकले फाइनान्स कम्पनीलाई १००ः३० स्वाप रेसियोमा किन्ने भएको छ । अर्थात सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउने गरी दुई कम्पनीबीच अन्तिम सम्झौता भएको कम्पनी सचिव सुधीरमान श्रेष्ठले बताएका छन् । 

इन्भेष्टमेन्ट बैंकको हाल चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ रहेको छ भने सिटी एक्स्प्रेस फाइनान्सको ४० करोड ५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

प्रतिकृया दिनुहोस्