नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन दिने समय थप गर्यो

  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन दिने समय थप गरेको छ । बैंकले असोज १२ गते सोमबार एक सूचना जारी गर्दै समय थप गरेको बताएको हो ।

अब ग्राहकहरुले असोज मसान्तसम्म पुनर्कर्जाका लागि आवेदन दिन सक्नेछन् । यसअघि राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि जारी गरी पहिलोपटक असोज १४ गतेसम्म आवेदन दिने म्याद तोकेको थियो । भदौमा निषेधाज्ञा भएको कारणले समयावधि थप गरिएको बताइएको छ ।

राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि जारी गर्दै लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जा बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रुपमा उपलब्ध गराउने र बैंकहरुले व्यवसायीलाई प्रदान गर्नेगरी आवेदन माग गरेको थियो ।

प्रतिकृया दिनुहोस्