नेपाल राष्ट्र बैंकले ३ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ३ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । बैंकले ९१ दिन र १८२ दिनको अवधिको लागि उक्त रकम बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

उक्त ट्रेजरी बिल असोज १२ गते सोमबार ३ बजे बोलकबोल हुने भएको छ । यस्तै बिक्री भने असोज १३ गते मंगलबार हुने बैंकले जनाएको छ । बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ भने १ सय ८२ दिनको अवधिका लागि ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

यस्तै ९१ दिनको अवधिको ट्रेजरी बिल २०७७ साल पुस १४ गते परिपक्क हुनेछ भने १८२ दिनको अवधिको ट्रेजरी बिल २०७७ साल चैत्र १७ गते परिपक्क हुने बैंकले जनाएको छ । यी दुई ओटै ट्रेजरी बिल बोलकबोल प्रक्रियाका माध्यमबाट जारी गर्न लागिएको हो ।

प्रतिकृया दिनुहोस्