एनआइसी एशिया बैंकका थानकोट शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Nic Asia Bank
  • बैंकिङ संसार
थानकोट । एनआइसी एशिया बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको थानकोटस्थित शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीलाई हाल आईसोलेसनमा राखिएको छ भने संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको पनि कन्ट्याक ट्रेसिङ भईरहेको छ ।

बैंकका कर्मचारीमा कोरोना संक्रमण भेटिएसँगै उक्त शाखा बन्द गरिएको छ । संक्रमित बिरामीको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको छ । पछिल्लो समय कोरोनाको जोखिम बढेसँगै बैंकिङ क्षेत्रका कर्मचारीहरुमा कोरोना संक्रमण हुने क्रम पनि बढिरहेको छ ।

प्रतिकृया दिनुहोस्