एनआईसी एशिया बैंकले सर्वाधिक न्यूनतम व्याजदरमा सेयरधितो कर्जा प्रदान गर्ने

 Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले सर्वाधिक न्यूनतम व्याजदरमा सेयरधितो कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम व्याजदरमा उक्त कर्जा योजना सार्वजनिक गरेको हो । बैंकले सेवाग्राहीहरुलाई वार्षिक ७.७५ प्रतिशत व्याजदरमा कर्जा प्रदान गर्ने भएको छ । 

नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत अन्य विभिन्न कम्पनीहरूको सेयर धितो राखेर १२० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

यस योजना अन्तर्गत न्यूनतम १ करोड रुपैयाँदेखि अधिकतम १५ करोड रुपैयाँसम्म सेयरधितो कर्जा प्रवाह गर्न सकिनेछ । त्यस्तै ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको बैंकले जनाएको छ । कागजात प्राप्त भएको ४८ घण्टाभित्र नै कर्जा दिने निर्णय दिने व्यवस्था बैंकले गरेको छ ।

साथै यस कर्जा सम्बन्धी जानकारी लिनको लागि ३४४८८ मा loan टाइप गरी एसएमएस वा बैंकको निःशुल्क नम्बर १६६०–०१–७७७७१ मा फोन गरी थप जानकारी प्राप्त गर्न सकिनेछ । ग्राहकहरूको कर्जा सम्बन्धि सल्लाह, सुझाव तथा गुनासो वा जिज्ञासा आदिको समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको छ ।

प्रतिकृया दिनुहोस्