एनआईसी एशिया बैंकद्धारा १९ विद्यालयलाई सफ्टवेयर सहयोग, विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्य

 Nic Asia Bank
  • बैंकिङ संसार 
काठमाडौं । एनआईसी एशिया बैंकले विद्यालयहरूलाई सफ्टवेयर सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १९ वटा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त सहयोग गरेको हो । बैंकले प्रदेश ५ स्थित सुनवल नगरपालिका, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका सामुदायिक विद्यालयहरूलाई १/१ वटा ब्राइट स्कूल सिस्टम नामक सफ्टवेयर सहयोग गरेको हो ।

सामुदायिक विद्यालयहरूको शैक्षिक प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमैत्री वातावरण बनाउने उद्देश्यले बैंकले आफ्नो प्रयासबाट विद्यालय नीति, हाजिरी, भुक्तानी सेवा, स्मार्ट कक्षा, अभिभावक मञ्जुरी फारम, रिपोर्ट कार्ड, शुल्क सूची, सार्वजनिक विदा, विद्यार्थीहरूको गृहकार्य, परीक्षा तालिका, खेलकुद कक्षा, सूचनालगायतका सुविधाहरू रहेको सफ्टवेयर सामुदायिक विद्यालयलाई प्रदान गरेको हो ।

बैंकले सहयोय गरेको विद्यालयहरुमा प्रगति माध्यमिक विद्यालय, वाकवाणी माध्यमिक विद्यालय, जगन्नाथ माध्यमिक विद्यालय, भगवति माध्यमिक विद्यालय, जनजागृति आधारभूत विद्यालय, जनसेवा माध्यमिक विद्यालय, महाकवि देवकोटा नमुना माध्यमिक विद्यालय, अरनिको माध्यमिक विद्यालय, सार्वजनिक आधारभूत विद्यालय, ज्योति माध्यमिक विद्यालय, रमवापूर माध्यमिक विद्यालय, धन्याञ्चल महायज्ञ माध्यमिक विद्यालय, विरेन्द्र आधारभूत विद्यालय, नवदुर्गा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, सोमनाथ आधारभूत विद्यालय, सुनवल आधारभूत विद्यालय, जनता माध्यमिक विद्यालय र जितेश्वरी माध्यमिक विद्यालय रहेका छन् ।

सोही विद्यालयहरुमा अध्ययनरत करिव २५ हजार विद्यार्थी तथा अभिभावकहरू ब्राइट स्कूल सिस्टम नामक सफ्टवेयरबाट लाभान्वित हुने विश्वाश बैंकले लिएको छ । बैंकको देशभरी ३ सय २६ शाखा कार्यालयहरू, ४ सय ६६ एटिएम, १ सय २ वटा एक्स्टेन्सन काउन्टर र ६४ वटा शाखारहित बैंकिङमार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्