एनआईसी एशिया बैंकद्धारा ग्राहकहरुका लागि नयाँ सुविधा, चेक जम्मा गर्न अनलाईनबाटै भौचर भर्न सकिने

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुका लागि नयाँ सुविधा ल्याएको छ । बैंकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी चेक जम्मा गर्न अनलाईनबाटै भौचर भर्न मिल्ने सुविधा ल्याएको हो । 

ग्राहकहरूले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत https://www.iserve.nicasiabank.com लिंकमा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्नेछन् । उक्त लिंकभित्र सेवाग्राहीहरूका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर बैंकले राखेको छ । 

उक्त भौचरमा आफुलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएसमार्फत डिपोजिट कोड पठाईनेछ । त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई सिधै काउन्टरमार्फत आफुले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सकिनेछ । 

यसरी चेक जम्मा गर्दा सेवाग्राहीले काउन्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भन्नु पर्नेछ । यसपछि बैंकका कर्मचारीद्वारा चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ । 

बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिन सकिने हुनाले काउन्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास बैंकले लिएको छ ।

प्रतिकृया दिनुहोस्