यी हुन् बिहिबार खुल्ने बैंकका शाखाहरु (सूचीसहित)

 Banks
  • बैंकिङ संसार
काठमाडौं । निषेधाज्ञाको अवधिमा पनि विभिन्न बैंकले देशका विभिन्न शाखाहरुमार्फत सेवा दिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकारले लिएको निर्णयलाई पालना गर्दै बैंकहरुले देशभर रहेका आफ्ना शाखामार्फत आलोपालो प्रणालीबाट सेवा दिने भएको हो ।

एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले आफ्ना देशभर रहेको शाखाहरुमध्ये २ सय ६ वटा बैंकको शाखा र २४ वटा विस्तारित काउन्टरमार्फत सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत उक्त सेवा दिएको हो ।

नेपाल बैंक
नेपाल बैंक लिमिटेडले आफ्ना देशभर रहेका १ सय २७ वटा बैंकको शाखाहरुमार्फत सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै र सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत उक्त सेवा दिएको हो ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले देशका ७ वटा प्रदेशमा रहेको शाखाहरुमध्ये १ सय १५ वटा बैंकको शाखाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत उक्त सेवा दिएको हो ।

सिभिल बैंक
सिभिल बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेको शाखाहरुमध्ये ६५ वटा बैंकको शाखाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो । 

ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले ५ वटा बैंकको शाखामार्फत काठमाडौं उपत्यकाभित्रबाट ग्राहकहरुलाई सेवा दिने भएको छ । बैंकले आलोपालो प्रणालीबाट काठमाडौं उपत्यकाभित्र रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो ।

कुमारी बैंक
कुमारी बैंकले वाग्मती प्रदेशबाट मात्रै २९ वटा बैंकको शाखा कार्यलयमार्फत सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना वाग्मती प्रदेशभित्र रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले आफ्ना देशभर रहेका १ सय ६ वटा बैंकको शाखाहरुमार्फत बैंकका ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै र सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत उक्त सेवा दिएको हो ।

सेन्चुरी बैंक
सेन्चुरी बैंक लिमिटेडले देशभरी रहेको शाखाहरुमध्ये ८७ वटा बैंकको शाखामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट उक्त बैंकिङ सेवा प्रदान गरेको हो ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले देशभरी रहेको शाखाहरुमध्ये ७२ वटा बैंकको शाखामार्फत ग्राहकहरुलाई सेवा दिने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो ।

प्रभु बैंक
प्रभु बैंकले ५ वटा बैंकको शाखामार्फत काठमाडौं उपत्यकाभित्रबाट ग्राहकहरुलाई सेवा दिने भएको छ । बैंकको काठमाडौं उपत्यकाभित्रबाहेकका अन्य ठाउँहरुमा त्यहाँका स्थानिय सरकारले अनुमति दिए खुल्ला हुने भएको छ ।

नबिल बैंक
नबिल बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेको शाखाहरुमध्ये ७८ वटा बैंकको शाखाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो । 

प्राइम बैंक
प्राइम कमर्सियल बैंकले देशभरी रहेको शाखाहरुमध्ये आफ्ना १ सय १५ वटा बैंकको शाखामार्फत ग्राहकहरुलाई सेवा दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट उक्त बैंकिङ सेवा प्रदान गरेको हो ।

एनएमबि बैंक
एनएमबि बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेको शाखाहरुमध्ये ७१ वटा बैंकको शाखाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो ।

प्रतिकृया दिनुहोस्