प्रभु लाइफ इन्स्योरेन्सद्धारा मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण

Prabhu Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । इन्स्योरेन्सको धरान शाखाले मृतकको परिवारलाई २० लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको हो । 

धरान उपमहानगरपालिका वार्ड नम्बर ३ का अध्यक्ष आशा कुमार श्रेष्ठ र इन्स्योरेन्सको प्रदेश प्रमुख पुष्कर भट्टराईले सयुक्त रूपमा मृतकको श्रीमान सुरेन्द्र ताम्राकारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

२०७५ साल जेष्ठमा मृतक बिमित सरस्वती ताम्राकारले २० लाखको बीमा गरेकी थिईन् । कम्पनीले बिमितका श्रीमानले सम्पूर्ण कागजात पूरा गरेको ३ दिनमा २१ लाख ६० हजार रुपैयाँ प्रदान गरेको धरान शाखाका प्रमुखले बताएका छन् ।

प्रतिकृया दिनुहोस्