राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत थप २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी

Rastriya Banijya Bank
  • बैंकिङ संसार
बर्दिया । राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको बर्दियाको गुलरिया शाखामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 

संक्रमित कर्मचारीलाई हाल आईसोलेसनमा राखिएको छ । यस्तै बैंकका अन्य कर्मचारीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ भने संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ ।

बैंकको कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै बैंकको उक्त शाखा बन्द गरिएको छ । अहिले संक्रमित कर्मचारीको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ ।

प्रतिकृया दिनुहोस्