राष्ट्रिय वाणिज्य बैंकको रौतहट शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Rastriya Banijya Bank
  • बैंकिङ संसार
रौतहट । राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको रौतहट शाखामा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीहरुलाई हाल आईसोलेसनमा राखिएको छ । 

त्यस्तै संक्रमित कर्मचारीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । बैंकका कर्मचारीहरुमा नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण भेटिएको हो । संक्रमित कर्मचारीहरुको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको छ । 

प्रतिकृया दिनुहोस्