सहारा विकास बैंकको लिलामी सेयरमा आवेदन दिन मंगलबार अन्तिम दिन

 Sahara Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । सहारा विकास बैंकको लिलामी सेयरमा आवेदन दिने मंगलबार (भदौ २३ गते) अन्तिम दिन रहेको छ । बैंकले श्रावण ३० गते शुक्रबारबाट संस्थापक समूहको ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी निष्काशन गरेको थियो ।

उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै सेयरका लागि बोलपत्र पेस गर्न सक्नेछन् । बैंकको सेयर बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले एनआइबीएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालय तथा सहारा विकास बैंकका सबै शाखा कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकको बागलुङ शाखाबाट आवेदन दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्