यस्तो छ समृद्धि फाइनान्स लिमिटेडको नयाँ व्याजदर

Samriddhi Finance
  • बैंकिङ संसार
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले १३ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । 

फाइनान्सले विभिन्न खातामा बिहिबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । फाइनान्सले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ५ प्रतिशत र अधिकतम ६.७५ प्रतिशत व्याजदर कायम गरेको छ ।

फाइनान्सले मुद्दति निक्षेपमा ३ महिनासम्मका लागि ८ प्रतिशत र ६ महिनासम्मका लागि ८.५० प्रतिशत व्याजदर कायम गरेको छ । त्यस्तै ९ महिनासम्मका लागि ८.५० प्रतिशत र १ वर्षसम्मका लागि ८.५७ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ ।

यसैगरी फाइनान्सले १ वर्ष भन्दा माथिमा लागि भने ९ प्रतिशत व्याजदर तोकेको छ । फाइनान्सको आधार दर २०.८४ प्रतिशत रहेको छ ।

यस्तो छ फाइनान्सको नयाँ व्याजदरः  

प्रतिकृया दिनुहोस्