सम्वृद्धि फाइनान्सले गर्यो डक्टर्स अल कल प्रा.लि.सँग सहकार्य, अस्पतालको सेवामा आकर्षक छुट पाईने

 Samriddhi Finance
  • बैंकिङ संसार
काठमाडौं । सम्वृद्धि फाइनान्स लिमिटेडले डक्टर्स अल कल प्रा.लि.सँग सहकार्य गरेको छ । फाइनान्सले आफ्ना ग्राहकहरुलाई डाक्टर अन कलको सेवामा आकर्षक छुट प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता गरेको हो । अब फाइनान्सका कर्मचारी, ग्राहक, संस्थापक र कर्मचारीका परिवारले आकर्षक छुटसहित घरमै उपचार गराउन सक्ने भएका छन् । फाइनान्सका कर्मचारी तथा संस्थापकहरूले फिजियोथेरापीमा ३० प्रतिशत र ग्राहक तथा कर्मचारीका परिवारले २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

यस्तै नर्सिङ्ग केयरमा कर्मचारी तथा संस्थापकहरूले २० प्रतिशत छुट पाउनेछन् भने ग्राहक तथा कर्मचारीका परिवारले १५ प्रतिशत छुट पाउनेछन् । यसैगरी ल्याबरोटरी टेष्टमा कर्मचारी तथा संस्थापकहरूले २० प्रतिशत र ग्राहक तथा कर्मचारीका परिवारले १५ प्रतिशत छुट पाउनेछन् ।

डाइटिसियन सेवामा कर्मचारी तथा संस्थापकहरूले ३० प्रतिशत र ग्राहक तथा कर्मचारीका परिवारले २० प्रतिशत छुट पाउनेछन् । त्यस्तै ड्रेसिङ्ग तथा इन्जेक्सन सेवामा कर्मचारी तथा संस्थापकहरूले १५ प्रतिशत र ग्राहक तथा कर्मचारीका परिवारले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्