सानिमा बैंकले आउँदै गरेको बडा दशैंको अवसरमा नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंकले निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ । बैंकले ‘यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ भन्ने नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको हो । बैंकले नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा उक्त कार्ड जारी गर्न लागेको हो ।

यो योजना असोज १२ गतेदेखि असोज मसान्तसम्म आवेदन दिने सबै ग्राहकहरुमा लागू हुने भएको छ । साथै सुलभ व्याजदरमा मासिक किस्ताबन्दी (इएमआई) भुक्तानीको व्यवस्था गर्न सकिनेछ । 

यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल दराजमा ३ हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा ५ सय रुपैयाँको निःशुल्क भौचर समेत प्राप्त गर्न सक्ने भएका छन् ।

बैंकले देशभरी ८२ वटा शाखा, ८१ वटा एटिएमर १५ विस्तारित काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । साथै सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा पनि विशेष छुटको व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस्