सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो मुस्कान होम अफ होपलाई आर्थिक सहयोग, अपुर्व प्रसाद जोशीद्धारा चेक हस्तान्तरण

Shangri-La Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले ललितपुरको धोबिघाटमा रहेको मुस्कान होम अफ होपलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुस्कान होम अफ होपलाई सहयोग गरेको हो ।

उक्त सहयोगले मुस्कान होम अफ होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकका नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीले मुस्कान होम अफ होपका अध्यक्ष सुमती कर्माचार्यलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया दिनुहोस्