सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल डेन्टल एसोसिएशनबीच सम्झौता, बिना धितो कर्जा पाईने

 Shangri-la Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल डेन्टल एसोसिएशनबीच सम्झौता भएको छ । बैंकले एसोसिएशनसँग आवद्ध सदस्यहरु र संस्थाका कर्मचारीहरुलाई बिना धितो १५ लाख रुपैयाँसम्म प्रोफेशनल कर्जा उपलब्ध गराउन उक्त सम्झौता भएको हो । 

सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोशियसनका तर्फबाट अध्यक्ष डा. प्रविन्द्र अधिकारले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बैंक र एसोशियशन बीच सोमबार सम्झौता भएको हो । 

यस कर्जा अन्तर्गत कर्जावालाई १ लाख सम्मको कोभिड-१९ इन्स्योरेन्स निशुल्क प्रदान गरिने छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट एशोसिएसनका सदस्यहरुले यो सेवा उपयोग गर्न सक्नेछन् । 

बैंकले मुलुकभर ९१ शाखा कार्यालय, ३० एटिएममार्फत आफ्ना सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि बैंकले पालना गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्