श्रमज्योति बचत तथा ऋण सहकारीको साधारण सभा असोजमा हुने, यस्ता छन् छलफलका विषयहरु

SHRAMJYOTI  CO-OPERATIVE
  • बैंकिङ संसार
काठमाडौं । श्रमज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको २०औं साधारण सभा असोज २४ गते शनिबार हुने भएको हो ।

संस्थाको असोज २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । संस्थाको वार्षिक साधारण सभा नेपाल विद्युत प्राधिकरणको सभाहल दरबारमार्ग काठमाडौंमा दिउँसो १ बजेबाट सुरू हुने भएको छ ।

सहकारी विभागले असोज १ गते प्रकाशन गरेको साधारण सभा सम्बन्धी सूचना अनुसार सभा अनलाईन मार्फत गर्न लागिएको हो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने भएको छ । 

यस्तै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने र आर्थिक वर्ष २०७७/७८ को अनुमानित बजेट तथा कार्यक्रम पारित गर्ने भएको छ । यसैगरी आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ । 

प्रतिकृया दिनुहोस्