सिर्जना फाइनान्स लिमिटेडले गर्यो प्रदेश न. १ लाई आर्थिक सहयोग, सुयस प्याकुरेलद्धारा चेक हस्तान्तरण

 Srijana Finance
  • बैंकिङ संसार
काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले प्रदेश न.१ लाई आर्थिक सहयोग गरेको छ । फाइनान्सले प्रदेश न.१ लाई ११ लाख रुपैयाँका आर्थिक सहयोग गरेको हो । मुख्यमन्त्रीको कार्यालय बिराटनगरमा अध्यक्ष सुयस प्याकुरेलले मुख्यमन्त्री शेरधन राईलाई ११ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

समाजिक उत्तरदायित्व कोष अन्तर्गत कोरोना महामारीबाट आक्रान्त समाजलाई राहत तथा उपचारमा सघाउ पुर्याउने उद्देश्यले सिर्जना फाइनान्सले यो सहयोग गरेको हो ।

कार्यक्रममा सञ्चालक सुवास आचार्य, डा. प्रमोदकुमार झा, राजीबकुमार मिश्र, बिष्णुप्रसाद पोखरेल र कार्यकारी प्रमुख वानीशंकर चापागाई र प्रभाकरकुमार देबकोटाकोसमेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्