समीट लघुवित्त वित्तीय संस्था र सजिलो लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार सुरु

Summit Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडको एकिकृत कारोबार सुरु भएको छ । यी दुई कम्पनीको असोज ६ गते मंगलबारबाट एकीकृत कारोबार सुरू भएको हो । 

यी दुई लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्नको लागि नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई भाद्र ७ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो ।

कम्पनी रजिष्ट्रार कार्यालयले भने भाद्र २८ गते स्वीकृती प्रदान गरेको हो । दुवै लघुवित्तको असार २१ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यी दुई लघुवित्तले समिट लघुवित्त वित्तीय संस्था लिमिटेड नामबाट एकीकृत कारोबार सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस्