सनराइज बैंकद्धारा डिजिटल टेलर सेवा सार्वजनिक, रकम झिक्न चेक र एटिएम कार्ड नचाहिने

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले डिजिटल टेलर सेवा सार्वजनिक गरेको छ । बैंकले काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई सहज बनाउन डिजिटल टेलर सेवा सार्वजनिक गरेको हो । अब रकम झिक्न चेक र एटिएम कार्ड नचाहिने भएको छ ।

यस सेवाको सुरुवातसँगै अब बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्ने भएका छन् ।

यो सेवामार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोड स्क्यान गरी १ दिनमा एक लाख रुपैयाँ र प्रतिमहिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सक्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्