उन्नति सहकार्य लघुवित्तले गर्यो मृतकका परिवारलाई बीमा रकम हस्तान्तरण

 Unnati Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले मृतकका परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । लघुवित्तको रुपन्देही शाखा कार्यालय पडसरीले समुहमा आवद्ध मृतक परिवारका सदस्यलाई वीमा रकम हस्तान्तरण गरेको हो ।

लघुवित्त वित्तीय संस्थाले स्थानिय गरिब तथा विपन्न वर्गका महिलाहरुको समुह बनाई उक्त समुह मार्फत विना धितो कर्जा प्रवाह गर्दै आईरहेको छ ।

त्यस अन्तर्गत ओमसतिया गा.प.वडा नं. ०२ करबला टोलमा गठन भएको उन्नति बसबला महिला समुहका सदस्य शान्ति केवटको श्रीमान शिव कारण केवटको निधन भएकोले समुह सदस्य श्रीमति शान्ति केवटलाई एक कार्यक्रमकाबीच लघुवित्तले रकम हस्तान्तरण गरको हो ।

प्रतिकृया दिनुहोस्