उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गर्यो मृतकको परिवारलाई रकम हस्तान्तरण

 Unnati Sahakarya Laghubitta
  • बैंकिङ संसार 
रुपन्देही । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले मृतक परिवारका सदस्यलाई बीमा वापतको रकम प्रदान गरेको छ । लघुवित्तको शंकरपूर शाखा कार्यालयले समुहमा आवद्ध मृतक परिवारका सदस्यलाई बीमा वापतको रकम प्रदान गरेको हो । लघुवित्त संस्थाले स्थानिय महिलाहरुको समुह बनाई उक्त समुह मार्फत विना धितो कर्जा प्रवाह गर्दै आइरहेको ।

त्यस अन्तर्गत देवदह नगरपालिका वडा नं ११ गुम्बिमा गठन भएको समूह उन्नति गुम्वि महिला समुहकी सदस्य स्व.सुराति मल्लाहीनको निधन भएकोले निज सदस्यको कर्जाको आवधिक बीमा भएकोले निजको श्रीमान् साधुसरण मल्लाहलाई एक कार्यक्रमकाबीच उक्त संस्थाका शाखा प्रमुख केदारराज जोशीले समुह सदस्यहरुको रोहवरमा २ लाख ५६ हजार रुपैयाँ प्रदान गरेका हुन् । 

यस संस्थाले विभिन्न क्षेत्रमा सामाजिक र आर्थिक उत्तरदायित्व वहन गर्दै आइरहेको छ । बैंकको विमा नियमअनुसार सदस्यको काल गतिले मृत्यु भएमा १ सय २८ प्रतिशत र दुर्घटनामा मृत्यु भएमा २०० प्रतिशत क्षतिपुर्ति दिने व्यवस्था संस्थाले गरेको छ । त्यस्तै सदस्यको श्रीमानको मृत्यु भएमा १ सय प्रतिशत क्षतिपुर्ति दिने व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्