वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयम्सेवक लघुवित्त एकआपसमा मर्ज हुने

 Womi Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयम्सेवक लघुवित्त एकआपसमा मर्ज हुने भएका छन् । यी दुई कम्पनीबीच मर्जर गर्ने प्रयोजनका लागि शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

वोमी लघुवित्तको केन्द्रीय कार्यालय काभ्रे जिल्लाको बनेपामा रहेको छ । त्यस्तै ग्रामीण स्वयम्सेवक लघुवित्तको केन्द्रीय कार्यालय सर्लाही जिल्लाको हरिवनमा रहेको छ । 

साथै वोमी लघुवित्तले उक्त समझदारी बमोजिम सेयर कारोबार रोक्का गरिदिन आईतबार भदौ २८ गते नेप्सेलाई पत्र मार्फत अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्