यो वर्षको दशैंमा एटीएमबाटै नयाँ नोट पाइने

Bank
  • बैंकिङ संसार
काठमाडौं । यसपालिको दशैंमा एटीएमबाटै नयाँ नोट पाइने भएको छ । यस अघिका वर्षहरुमा दशैंमा लाइनमा बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था रहेकोमा यो वर्ष भने लाइन नबसी एटीएमबाटै नयाँ नोट पाइने भएको हो । 

बैंकले कोरोना संक्रमणको जोखिमका कारण यो वर्षको दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय गरेको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दशैंमा नयाँ नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्ने र भिड हुन गई संक्रमणको जोखिम झनै बढ्ने भएकाले यसपटकको दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको बताए ।

यस्तै अन्य बैंकहरुमा समेत संक्रमणको जोखिम उच्च भएकोले दशैंका लागि लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था कुनैपनि बैंकमा नगरिएको उनले बताए । यद्दपी आफ्नो खातामा भएको रकम बैंकबाट निकाल्दा केही सुकिला र नयाँ नोट पाउन सक्ने अवस्था भने रहेको प्रवक्ता भट्टले बताए ।

राष्ट्र बैंकले ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँ दरका नयाँ नोटहरु दशैंको बेलामा सटही गर्दै आएको थियो । यस वर्ष भने राष्ट्र बैंकसँग नयाँ नोट मौज्दात भएपनि कोभिड संक्रमणको जोखिमका कारण नोट सटही असम्भव भएको हो ।

प्रतिकृया दिनुहोस्