बैंक अफ काठमाण्डूको १२ हजार संस्थापक समूहको सेयर बिक्रीमा

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकले १२ हजार ६ सय ३१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

बैंकका सेयरधनी भरत कुमार श्रेष्ठले आफ्नो नाममा रहेको संस्थापक सेयरमध्ये २ हजार ६ सय ३१ कित्ता सेयर बिक्री गर्न निवेदन पेश गरेका थिए । सोही सेयर बिक्री गर्न लागिएको हो ।

बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको छ ।

सेयरधनीहरुले उक्त आवेदन भने सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी दिनु पर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्