सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा

Century Bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक समूहको सेयर बिक्री गर्ने भएको हो । 

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको छ । आवेदान भने सेयरधनीहरु सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र दिईसक्नुपर्नेछ । 

ईच्छुक सेयरधनीलाई आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय पुतलीसडक काठमाडौंमा कार्यालय समयभित्र आइपुग्ने गरि निवेदन दिन आग्रहसमेत गरेको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्