सिटिजन्स बैंकले ल्यायो नयाँ योजना, ग्राहकले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यास व्याक पाउने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । ग्राहकहरुले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यास व्याक पाउने योजना बैंकले ल्याएको हो ।

बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ प्रयोगकर्ताहरु तथा इन्टरनेट बैकिङ प्रयोगकर्ताहरुले क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा १ हजार रुपैयाँ भन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २ हजार ५ सय रुपैयाँसम्मको क्यास व्याक प्राप्त गर्न सक्ने भएका छन् ।

यो योजना यही कात्तिक ६ गते सम्म मात्र लागू हुने भएको छ । नजिकिँदै गरेको महान् चाड दशैंलाई लक्षित गरि ल्याइएको यो योजनाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यस्तै डिजिटल बैंकिङ सभ्यताको विकास हुने र कोभिड नियन्त्रण विरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास पनि बैंकले लिएको छ ।

बैंकले देशभरी रहको १ सय ११ वटा शाखा, १ सय ४ वटा शाखारहित बैंकिङ सेवा, ९९ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै बैंकको ६ लाख भन्दा बढी सेवाग्राहीहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्