सिटिजन्स बैंकको १११औं शाखा सञ्चालनमा, साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले नयाँ शाखा कार्यलय सञ्चालनमा ल्याएको छ । बैंकले असोज १५ गते बिहिबारबाट दाङ्गको तुलसीपुरमा शाखा संचालनमा ल्याएको हो । 

कोरोना महामारीको कारण हुन सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले शाखा संचालनमा ल्याएको हो ।

नेपालीहरुमाझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त शाखाको सञ्चालन गरेको हो । 

यस शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न रिटेल बैंकिङ सेवाअन्तर्गत नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्ने भएको छ । साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याँउने लक्ष्य पनि बैंकले राखेको छ ।

यस्तै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५० प्रतिशत वार्षिक व्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा) ९.५० प्रतिशत वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत वार्षिक व्याजदरमा प्रवाह गर्ने योजना बैंकले ल्याएको छ । 

उक्त योजना ग्राहकहरुले देशभरी रहेका बैंकका १ सय ११ शाखाहरुबाट उपभोग गर्न सक्नेछन् । बैंकले हाल १ सय १० वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखा रहित बैंकिङमार्फत करिब साढे ६ लाख ग्राहकवर्गहरुलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको ।

प्रतिकृया दिनुहोस्